नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुग्यो
Thursday, July 2nd, 2020, 5:03 pm
काठमाडाैं । बिहीबार नेपालमा थप ४७३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएकाे परीक्षणमा ४ सय ७३ जनाकाे रिपाेर्ट काेराेना पाेजेटिभ आएकाे हाे । आज थपिएका संक्रमितमध्ये १ सय ९ महिला र ३ सय ६४ जना पुरुष छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।