गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या 1 हजार ३१ पुग्यो
Thursday, July 2nd, 2020, 3:21 pm
पोखरा, असार १८ । गण्डकी प्रदेशमा बिहीबार थप १७ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक महिलासहित १७ जना थपिएका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १७ जना नयाँ संक्रमितहरू भेटिएका हुन् ।
मन्त्रालयका अनुसार नवलपरासीका कास्कीका एकजना र लमजुङका १६ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या हजार ३१ पुगेको छ ।