पुनः श्रम स्वीकृति खुल्यो
Thursday, July 2nd, 2020, 3:19 pm
काठमाण्डौ, असार १८। सरकारले झण्डै चार महिनापछि पुनः श्रम स्वीकृति खुला गरेको छ ।नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति आजदेखि खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयले जानकारी दिएको हो ।
भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको हो । पुन : श्रम स्वीकृति खुले पनि नयाँको बारेमा भने जानकारी दिइएको छैन। पुन : श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ ।
तर अहिले कार्यालयमा पुन : श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।
पुन : श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ । कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएका छन् ।