संघीय संसदको बजेट अधिवेशन अन्त्य
Thursday, July 2nd, 2020, 3:02 pm
१८ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ। उहाँले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिनुभएको हो ।
यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।
बैठकमा प्रधानमन्त्रीले कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेतिर हेरेर संसदको कुनै विजनेस छ , भनी प्रश्न गर्नुभएको थियो । मन्त्री तुम्बाहाम्फेले नागरिकता, निजामती सेवा सम्बन्धी विधेयकमा विवाद रहेको र अरू खासै केही नभएको बताएपछि प्रधानमन्त्रीले त्यसो भए आजै साँझ ५ बजेटबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय सुनाउनुभयो ।
वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो ।