अछाममा एकै दिन १२५ जनामा कोरोना देखिएसँगै उच्च सतर्कता बढाइयो
Thursday, July 2nd, 2020, 3:19 pm
अछाम, असार १८ । अछाममा एकै दिन १ सय २५ जनामा एकैदिन कोराना संक्रमण देखिएपछि थप सुरक्षा र सतर्कता बढाइएको छ ।
हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएपछि जिल्लामा सुरक्षा सतर्कता बढाइएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । ‘पहिले पनि सुरक्षा सतर्कता नै कायम थियो, तर संक्रमितको संख्या बढ्दै गएपछि हामीले पनि रणनीति परिवर्तन गर्दै संक्रमितको उपचार, अनावश्यक भिडभाड न्यूनीकरण, संक्रमित क्षेत्रलाई शील गर्ने लगायतका कार्य गर्दै आएका छौ,’ उनले भने ।
जिल्लाका विभिन्न स्थानीय तहमा गरी बुधबार १ सय २५ जना नयाँ संक्रमित फेला परेका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा १० महिला र ४९ पुरुष गरी ५९ जना र वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १५ महिला र ५१ पुष गरी ६६ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै अछाममा कोरोना संक्रमितको संख्या ३ सय १५ समेत पुगेको छ । २७ जना निको भई घर फर्केका जिल्ला स्वास्थ्य कार्यालय अछामको सूचना अधिकारी देव जोशीले जानकारी दिए ।। अछाममा हालसम्ममा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।