ओलीको समर्थन युवा सडकमा: आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई
Thursday, July 2nd, 2020, 2:56 pm
काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । बिहीबार सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
सरकार ढाल्न पाइँदैन भन्दै बिहीबार युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका बेला केही कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको समर्थनमा माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरूले नारा लगाएका छन् । उनीहरूले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नुछ साथी पार्टी भन्दा राष्ट्र माथि’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए ।
उनीहरूले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ लगायतका नारा लगाएका छन् ।