गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना
Thursday, July 2nd, 2020, 12:05 pm
काठमाडौं, असार १८ । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा चार जिल्लाका ८ जनामा कोरोना देखिएको हो। बागलुङ, स्याङ्जा, तनहुँ र पर्वतका पुरुषमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
बागलुङमा १ जना, स्याङ्जामा २ जना, तनहुँमा ३ जना र पर्वतमा २ जनामा कोरोना पुष्टि भएको हो। कोरोना सङ्क्रमण देखिएकामध्ये एक जना स्याङ्जा वालिङ नगरपालिकाका १३ वर्षीय बालक समेत रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार १४ पुगेको छ।