नयाँ खेलकुद ऐन लागु
Thursday, July 2nd, 2020, 12:00 pm
१८ असार, काठमाडौं । नयाँ खेलकुद ऐन लागु भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै खेलकुद ऐन २०४८ खारेज भएको छ । साथै नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद ९राखेप०को सदस्य सचिव सहित वर्तमान पदाधिकारीहरु पदमुक्त भएका छन् ।
ऐनमा अहिलेका पदाधिकारीबारे स्पष्ट व्यवस्था उल्लेख नभएकोले अब राखेप सदस्य सचिवसहित पदाधिकारी के हुने भन्ने अन्योल छ । राखेपको संरचनामै अन्योल देखिएको छ ।
झण्डै तीन दशकपछि बनेको नयाँ ऐनमा कार्यकारी निकायको रुपमा रहेको राष्ट्रिय खेलकुद परिषद ९राखेप०बाट धेरैजसो अधिकार युवा तथा खेलकुद मन्त्रालयतर्फ सारिएको छ ।
राखेपको सदस्यसचिवको एकाधिकार पनि अब सात सदस्यीय समितिमा बाँडिएको छ । यद्यपि वर्तमान सदस्य सचिवले भने आफ्नो चार वर्षे कार्यकाल पूरा गर्न पाउने मन्त्रालयले जनाएको छ ।