बढ्यो सुनको मूल्य
Thursday, June 23rd, 2022, 11:40 am
काठमाडौ / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २ सयले बढेर रु ९७ हजार ५ सय पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २ सय ५० तोकिएको महासङ्घले जनाएको छ । रासस