प्रधानमन्त्री ओली गंगालाल अस्पताल पुगे
Wednesday, July 1st, 2020, 6:15 pm
काठमाडौं, असार १७ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गर्न सहीद गंगालाल हृदय केन्द्रमा पुग्नुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली नियमित स्वास्थ्य उपचारका लागि गंगालाल गएको जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री गंगालाल अस्पतालमा अत्यावश्यक स्वास्थ्य परीक्षण गरी फर्किसक्नुभएको थापाको भनाई छ ।
अस्पतालका अनुसार प्रधानमन्त्रीको मुटुको आवश्यक परीक्षण गरिएको छ।