उपत्यकामा पनि संक्रमित बढ्दै
Wednesday, July 1st, 2020, 6:05 pm
काठमाडौं, असार १७ । काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १०, भक्तपुरमा २ र ललितपुरमा ५ जना गरी १७ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।
थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि उहाँको भनाई छ ।