थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार बढि
Wednesday, July 1st, 2020, 5:57 pm
१७ असार, काठमाडौं । नेपालमा थप ४८२ जनामा कोरोना भाइरस कोभिड–१९को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८ सय ८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।यससँगै संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १४ हजार ४६ जना संक्रमित भएका छन् । उनीहरूमध्ये ३० जनाको मृत्यु भएको छ भने ४ हजार ६५६ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै अछाममा १३५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०र२० जना, बझाङका १८, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११ र ११ जना र लमजुङका १० जना संक्रमित भएका छन् ।
यस्तै, स्याङ्जा र गुल्मीका ८र८ जना, कास्की, गोरखा, बाग्लुङका ३र३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, दैलेख र कालीकोटका २र२ मा संक्रमण पुष्टि भएको छ । ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र अछामका एकएक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।