ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडीमा कोरोना देखियो
Wednesday, July 1st, 2020, 4:04 pm
काठमाडौं, असार १७ । ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी संक्रमित भएको र उनीहरूको अहिले उपचार भइरहेको पुष्टि गरेको छ ।
संक्रमित खेलाडीहरूको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखिएको छ । उनीहरूको फेरि परीक्षण गरिने जनाइएको छ ।
ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिका भन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसीप शुरु गर्ने तयारी गरिएको हो ।