कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्ल्यूएचओको टोली चीन जाने
Wednesday, July 1st, 2020, 1:30 pm
काठमान्डौ, असार १७। विश्व स्वास्थ्य संगठनको एक टोली चीन जाने भएको छ । विश्वव्यापी महामारीको कारण बनेको कोरोना भाइरसको स्रोत पत्ता लगाउनका लागी डब्ल्यूएचओको एक टोली अर्को हप्ता लाई चिन जाने भएको हो ।
डब्ल्यूएचओले कोभिड १८ बाट संसारमा डरलाग्दो अवस्था आउन बाँकी नै रहेको चेतावनी दिएको छ । एक भर्चुअल प्रेस सम्मेलनमा डब्ल्यूएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले भाइरसको बारेमा सबै कुरा थाहा पाउदा भाइरससँग अझ राम्रोसँग लड्न सक्षम हुने बताउदै एक टोली अर्को हप्ता लाई चिन जाने बताए ।
भाइरसको बारेमा सबै कुरा थाहा पाउनु पर्ने कुरामा भाइरस कहाँबाट आएको पत्ता लगाउन जरुरि रहेको बताएपनि प्रमुखले टोलीमा कोको रहने र लक्ष्य के हुने भनेर स्पष्ट पारेका छैनन् । बीबीसीका अनुसार मे महिनाको सुरुदेखि नै डब्ल्यूएचओले बारम्बार आफ्ना विज्ञहरूलाई कोरोना भाइरसको पशु स्रोत पत्ता लगाउन सहयोग गर्नका लागी चीनलाई भनिरहेको थियो ।