अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई जंगलमा फाल्ने युवा-युवती नै पक्राउ
Wednesday, July 1st, 2020, 12:55 pm
गलकोट, असार १७ । अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई जंगलमा फाल्ने युवा(युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
१३ असारमा निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुकी आमालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीका अनुसार निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।
युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि पक्राउ गरिएको भण्डारीले बताए ।
उनीहरूको पहिलेदेखिनै अवैध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए ।
बच्चाको अवस्था सामान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।