पानी परेपछि मर्छ सलह किरा
Wednesday, July 1st, 2020, 12:50 pm
काठमाडौं, असार १७ । अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह किराको प्रभाव पानी परेपछि कम हुने जनाइएको छ ।
गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ ।
वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको संख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ ।
बुढाथोकीले भने, “काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन ।”
नेपालमा मनसुन सुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ ।