गण्डकी प्रदेशमा बुधबार बिहानै थपिए २८ नयाँ सक्रमित
Wednesday, July 1st, 2020, 12:47 pm
पोखरा, असार १७ । गण्डकी प्रदेशमा बुधबार बिहानै २८ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ महिला र १९ पुरुष गरी २८ जना थपिएका हुन् ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २८ जना नयाँ संक्रमितहरू भेटिएका हुन् ।
मन्त्रालयका अनुसार नवलपरासीका १२ जना, स्याङ्जाका ८ जना, गोरखा र बाग्लुङका समान ३–३ जना र तनहुँ र कास्कीका समा एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९९४ पुगेको छ ।