भरतपुरमा १२ वर्षीया बालिकासहित थप २५ जनामा कोरोना
Wednesday, July 1st, 2020, 12:38 pm
चितवन, असार १७ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
मंगलबार १०१ जनामा गरिएको परीक्षणमध्ये २५ जनामा पोजेटिभ र ७६ जनामा नेगेटिभ नतिजा आएको हो ।
२५ जना संक्रमित मध्ये १३ जना चितवनका र १२ जना अन्य जिल्लाका रहेको भरतपुर अस्पतालले जनाएको छ ।
अस्पतालका दिएको जानकारी अनुसार माडी नगरपालिकाका २ पुरुष कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा रहेका माडी ५ र ३ नं वडाका २५ र ७३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै भरतपुर महानगरपालिका वडा नम्बर ७ र २२ का २६ र ५० वर्षीय पुरुष, भरतपुर ११ की ४५ वर्षीया महिला, नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरतपुरकै वडा नम्बर ७ का ६१ बर्षीय पुरुष, , भरतपुर ४, ९, २२, २५ र २६ का क्रमशः ४८, ४०, २१, २५, २६ , २२ बर्षीय पुरुष र राप्ती नगरपालिका १ की १२ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ ।
यसैगरी संक्रमण पुष्टि हुनेमा सेन्ट्रल अस्पताल भरतपुरमा उपचाररत गोरखा मनकामनाकी ३० वर्षीया महिला र दमककी ३५ वर्षीया महिला, नवलपुरको गैंडाकोट नगरपालिका ८ पुरुष र २ महिला रहेका छन् ।