कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १३५६४ पुग्यो
Tuesday, June 30th, 2020, 4:46 pm
काठमान्डौ, असार १६। कोरोना भाइरसबाट नेपालमा संक्रमितको संख्या १३५६४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार पछिलो २४ घण्टामा कोरोनाबाट संक्रमण हुनेको संख्या ३१६ पुगेको छ जसमध्ये ७१ जना महिला रहेका छन् भने २४५ जना पुरुष रहेका छन्।
यो संगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमण हुनेको संख्या १३५६४ पुगेको हो। जसमध्ये १६५७ जना महिला रहेका छन भने ११,९०७ जना पुरुष रहेका छन्।
हालाल्सम्मा नेपालमा ७७ ओटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ।