२४ घन्टामा थप ६० जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ३१९४ पुग्यो
Tuesday, June 30th, 2020, 4:33 pm
काठमान्डौ, असार १६। पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या ६० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन्। पछिलो २४ घन्टामा निको भएर घर फर्कने मध्ये ९ जना महिला रहेका छन् भने ५१ जना पुरुष रहेका छन्।
योसंगै नेपालमा कोरोना भाइरसबाट मुक्त भइ घर फर्कनेको संख्या ३१९४ पुगेको हो। हालसम्म २७७ जना महिला र २९१७ जना पुरुष संक्रमण मुक्त भइ घर फर्केका छन्।