पर्यटनमन्त्रीले गरे आफ्नै मन्त्रालयमा छड्के ‘चेक’, केही कर्मचारी अनुपस्थित पाइएपछि दिए यस्तो निर्देशन
Tuesday, June 30th, 2020, 4:01 pm
काठमाडौं, असार १६ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नै मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्री भट्टराईले मंगलबार मन्त्रालयका विभिन्न शाखाहरूमा छड्के निरीक्षण गरेका हुन् ।
निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरूको अनुपस्थिति रहेकोे पाइएको थियो । मन्त्री भट्टराईले कर्मचारी के कति कारणले उपस्थित हुन नसकेको हो बुझेर कर्मचारी नियमित रूपमा कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउन कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई निर्देशन दिएका थिए ।
यसैगरी मन्त्री भट्टराईले नेपाल सरकारको मन्त्री परिषद्को निर्णयअनुसार कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिएका छन् ।