एक अर्कालाई आरोप लगाउदै साम्राज्ञी र भूवन केसी
Tuesday, June 30th, 2020, 2:47 pm
काठमाण्डौ, असार १६। नयिका साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्माता तथा निर्देशक भूवन केसीबिच सामाजिक संजालमा वार चलिरहेको छ । केहि समय अगाडि भुवनले लेखेको फेसबुक स्ट्याटसको जवाफ साम्राज्ञीले भिदिडो मार्फत दिएकी छिन् ।
यि दुई एक अर्कालाई आरोप लगाउनका लागी सामाजीक संजालको प्रयोग गरिरहेका छन् । इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै साम्राज्ञीले भुवन केसीको नाम नलिकन यो अवस्था उहाकै कारणले निम्तेको र आफूसंग राम्रो ब्यबहार गरेको भए यो अवस्था नै आउने भन्दै आफ्नो आक्रोश ब्यक्त गरेकी छिन् ।
जापानमा आयोजित एक अवार्डमा सहभागी हुने क्रममा केसीले आफूमाथि नराम्रो व्यवहार गरेको समेत आरोप लगाएकी छन् । साम्राज्ञीले भिडियोमा अवार्डको बेलामा गाला जोड्याएर, टाँस्सिएरै नराम्रो बोलेको बताएकी छिन् । त्यतिबेला भित्रैदेखि घिन लागिरहेको भएपनि साम्राज्ञी हाँसेर बोलेकी थइन् ।
साम्राज्ञीले केही दिन अगाडि मात्र सामाजिक संजालमार्फत आफूले केही चलचित्रकर्मीसँग काम गर्दा नराम्रो अनुभव भोगेको बताएकी थिइन् । आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उनले फिल्म क्षेत्रमा काम गर्ने क्रममा आफूमाथि दुरव्यवहार गरेको बताउने क्रममा जवाफमा हिजो भूवन केसीले सामाजिक संजाल फेसबुकमा साम्राज्ञीलाई कटाक्ष गर्दै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको र जुन थालमा खाने त्यही थालमा दुलो पार्ने आरोप लगाएका थिए ।