साफ च्याम्पियनसिप एक वर्ष पछि स¥यो
Tuesday, June 30th, 2020, 1:44 pm
काठमाडौं, असार १६ । बंगलादेशमा हुने भनिएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्ष पछि धकेलिएको छ ।
कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो ।
यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो । बङ्गलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो ।
१२औं साफ सन् २०१८ मा बङ्गलादेशको ढाकामा आयोजना गरिएको थियो । बाह्रौँ साफको उपाधि माल्दिभ्सले जितेको थियो ।
सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । यसैगरी महिला र पुरुषतर्फ साफ यु–१५ च्याम्पियनसिप र साफ यु–१८ वुमन्स च्याम्पियनसिपबारे साफको अर्को बैठकले टुङ्गो लगाउने बताइएको छ ।