राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट
Tuesday, June 30th, 2020, 11:41 am
काठमाण्डौं, असार १६ ।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार(आज) बिहान भेटवार्ता भएको छ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली बिहान शितल निवास पुगेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक सुरू हुनु आधा घन्टाअघि प्रधानमन्त्रीओली राष्ट्रपति भण्डारीलाई भेट्न जानुभएको हो । पछिल्लो समय प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी भएपछि भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएका दिनुभएको थियो ।