ट्याक्सी व्यवसायीहरु प्रदर्शनमा उत्रिए
Tuesday, June 30th, 2020, 11:33 am
काठमाण्डौ, असार १६। लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि काठमाण्डौका ट्याक्सी चालक तथा व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।
व्यवसायीहरुले बिहानै नयाँबानेश्वदेखि तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्ड सहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका हुन् ।
ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।