साम्राज्ञीलाई लक्षित गर्दै सामाजिक संजालमा भूवन केसीको स्ट्याटस
Tuesday, June 30th, 2020, 10:45 am
काठमान्डौ, असार १६ । नयिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केही दिन अगाडि मात्र सामाजिक संजालमार्फत आफूले केही चलचित्रकर्मीसँग काम गर्दा नराम्रो अनुभव भोगेको बताएकी थिइन् । आफ्नो इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै फिल्म क्षेत्रमा काम गर्ने क्रममा आफूमाथि दुरव्यवहार भएको आरोप लगाएकी छिन् ।
साम्राज्ञीले भिडियो सेयर गर्नु केहि समय अगाडि आफ्नो डेब्यु चलचित्र ‘ड्रिम्स’को छायांकनमा अभिनेता अनमोल केसी र आफूमाथि पक्षपात गरिएको समेत बताएकी थिइन् । साम्राज्ञीले बारम्बार सामाजिक संजालमा नाम नै लिएर आक्रोश व्यक्त गरिरहेको भन्दै भूवन केसीले आफ्नो धारणा समाजिक संजाल मार्फत ब्यक्त गरेका छन् ।
निर्माता तथा निर्देशक भूवनले आफू निर्देशित चलचित्र ‘ड्रिम्स’बाट साम्राज्ञीलाई फिल्म क्षेत्रमा प्रवेश गराएका थिए । भूवनले आइतबार बेलुका सामाजिक संजाल फेसबुकमा नयिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लक्षित गर्दै आज पनि ‘खान नपाएको भन्दै सामाजिक संजालमा रोई कराई गर्ने नायिका अहिले कुन चलचित्रको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक संजालमा गर्ने बराबर अभिनय फिल्ममा गरे हुने नी भनेर लेखेका छन् ।