कोरोनाको खोप बन्छ वा बन्दैन थाहा छैन: डब्ल्यूएचओ
Tuesday, June 30th, 2020, 10:32 am
काठमान्डौ, असार १६ । वैज्ञानिकहरूले कोरोना भाइरसको बिरूद्ध प्रभावकारी खोप तयार गर्न सक्नेछन् वा सक्दैनन् भन्ने कुरा निश्चित नभएको विश्व वैज्ञानिक संगठन(डब्ल्यूएचओ) ले जनाएको छ ।
युरोपेली संसदको स्वास्थ्य समितिका प्रतिनिधिहरूसंग भिडियो सम्मेलनमा विश्व वैज्ञानिक संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसियसले कोरोना भाइरसको बिरूद्ध प्रभावकारी खोप तयार हुन्छ नै भन्न गार्हो रहेको बताएका थिए । कोरोना भाइरसको खोप पहिले पनि थिएन र हालसम्म पनि छैन, जब यो पत्ता लाग्छ यो पहिलो कोरोना भाइरसको खोप हुनेछ ।
खोप वास्तविकतामा प्रभावकारी बनेमा, खोप सबैको लागि सार्वजनिक उपलब्ध हुने छ । वैज्ञानिकहरूले एक वर्ष भित्र खोप बनाउन सक्ने गेब्रेयसियसले आशा राखेका छन् । डब्ल्यूएचओले हालसम्म खोपका लागी एक सय भन्दा बढी उम्मेद्वार रहेको र यिमध्ये एक खोप विकासको उन्नत चरणमा रहेको जनाएको छ ।