असार १५: दही चिउरा खानुका फाइदा यस्ता
Monday, June 29th, 2020, 5:38 pm
काठमान्डौ, असार १५ । धान रोपाईको मध्यमा पर्ने आषाढे पन्ध्रका दिन दहि चिउरा, केरा तथा आँप लगायतका परिकारहरू खाने गरिन्छ । दहीमा भिटामिन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता तत्वहरू पाइन्छ भने चिउरामा शरीरलाई चाहिने आइरन, कार्बोहाइड्रेट, क्याल्सियम, भिटामिन बी र प्रोटिन प्रसस्त मात्रामा पाइन्छ ।
दही र चिउरालाईसँगै सेवन गर्दा पोषक तत्व एकै पटक प्राप्त हगर्न सकिने हुदा दही र चिउरा दुबै नै शरिरका लागी फाइदाजनक हुन्छ । दही चिउराकोसँगै सेवनले रोगप्रतिरोधात्मक शक्तिको बिकास गरि बिभिन्न रोगबाट लड्ने क्षमतामा प्रदान गर्छ । दही र चिउराको नियमित सेवनले तौल नियन्त्रण गर्न पनि मद्दत गर्छ । दही र चिउराको सेवनले गर्मी महिनामा शरीरको तापक्रमलाई नियन्त्रणमा राखेर पेटलाी शितलता प्रदान गर्नुका साथै पेट सम्बन्धि रोगहरू लाग्न दिदैन ।
दहि र चिउरा चपाउदा दाँत र मुखको कसरत हुने भएकाले यसले दाँतलाई पनि बलियो बनाउन मद्दत गर्नुका साथै हड्डिलाई बलियो बनाउन देखि लिएर शरीरमा चिनीको मात्रा र खराब कोलेस्टेरोलर नियन्त्रण गरेर कोलेस्टेरोल, उक्त रक्तचाप, मधुमेह तथा विभिन्न मुटुमा हुने रोगहरू छिट्टै लाग्न दिदैन । शरिरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गरि तनाब र चिन्ता हुन दिदैन ।