थप १ जनाको कोरोना भाइरसबाट मृत्यु , ज्यान गुमाउनेको संख्या २९ पुग्यो
Monday, June 29th, 2020, 5:21 pm
काठमान्डौ, असार १५ । कोरोना भाइरको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन्।
राैतहका निवासी उनलाई शनिबार साँझ ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे छ । उनलाई स्टार अस्पतालको कोभिड आईसीयू भर्ना गरेर भेन्टिलेटरमै राखिएको थियो ।
३० वर्षीय ती युवकको ३ महिना देखि फोक्सोको बिरामी रहेका थिए। उनको शव नेपाली सेनाको टोलीले ब्यबस्थापन गर्ने भएको छ।
योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।