विद्युत सर्ट भइ आगलागी हुँदा घाइते भएकी बालिकाको मृत्यु
Monday, June 29th, 2020, 4:58 pm
भोजपुर, असार १५ । भोजुरमा विद्युत सर्ट भइ आगलागी हुँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ । भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्बर ३ खुकुम्बुका कर्णबहादुर कार्कीको दुई तले घरमा आइतबार दिउँसो साँढे १ बजेतिर विद्युत सर्ट भई आगलागी हुँदा घरभित्र सुतिरहेकी ३ वर्षीया बालिका घाइते भएकी थिइन् ।
उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा उपचार गरी थप उपचारका लागि धरान रिफर गरिएकोमा बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएपछि धनकुटा जिल्ला अस्पतालमा उपचारका लगिएको थियो ।
बालिकाको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको चिकित्सकले बताएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले बताए ।