छोरीमाथि पटक–पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ
Monday, June 29th, 2020, 4:53 pm
सल्यान, असार १५ । सल्यानमा आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।
जिल्लाको शारदा नगरपालिका–१२ का ३९ वर्षीय एक पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घरमा कोही नभएको मौका छोपेर पटक पटक ती पुरुषले छोरीलाई बलात्कार गर्ने गरेको प्रहरीले बताएको छ । घर नजिकैबाट उनलाई पक्राउ गरिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमख ढकेन्द्र खतिवडाका अनुसार काठमाण्डौमा आफन्तकोमा बस्दै आइरहेकी बालिका बन्दाबन्दीको समयमा घर आएकी थिइन् ।
वैशाख महिनादेखि नै विभिन्न डर त्रास देखाइ करणी गरी रहेको गोप्य सूचनाका आधारमा बाबुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिविरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरिएको छ । उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको खतिवडाले जानकारी दिए ।