पछिल्लो २४ घण्टामा १२१ जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ३१३४ पुग्यो
Monday, June 29th, 2020, 4:42 pm
काठमान्डौ,असार १४। कोरोना भाइरसबाट थप १२१ जना डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन्।
२४ घन्टामा डिस्चार्ज हुने मध्ये १३ जना महिला रहेका छन् भने १०८ जना पुरुष रहेका छन्।
योसंगै कोरोना भाइरसबाट डिस्चार्ज हुनेको संख्या ३१३४ पुगेको छ जसमध्ये २६६ जना महिला रहेका छन् भने २८६८ जना पुरुष रहेका छन्।
हालसम्म नेपालमा ७७ ओटै जिल्लामा कोरोना संक्रमित फेला परिसकेको छ।