बाँकेमा कोरोनामुक्त हुनेको संख्या ३१७ पुग्यो
Monday, June 29th, 2020, 4:18 pm
नेपालगञ्ज, असार १५ । बाँकेमा कोरोनाबाट निको भइ डिस्चार्ज हुनेको संख्या ३ सय १७ पुगेको छ । आज थप पाँच जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालगञ्जस्थित आदर्शनगर आइसोलेसन सेन्टरबाट खजुरा ४ का ३ जना, सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट खजुरा ४ कै १ जना र खजुराको कृषि तालिम केन्द्र आइसोलेसन सेन्टरका नेपालगञ्ज १४ का १ जना गरी ५ जना निको भई डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
बाँकेमा हालसम्म ३ सय ५२ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।