कुलोमा डुबेर सात वर्षीय बालकको मृत्यु
Monday, June 29th, 2020, 10:58 am
ताप्लेजुङ, असार १५ । ताप्लेजुङमा कुलोमा डुबेर सात वर्षीय बालकको मृत्यु भएको छ । ताप्लेजुङ श्रीजघां–१ जौबारीका ७ वर्षीय रवीन दर्जीको कुलोमा डुबेर मृत्यु भएको हो ।
सोमबार बिहान–११ बजे घरबाट निस्किएका रवीन अबेरसम्म पनि घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनलाई घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला पारिएको भनि मृतकका बाबु सबिन दर्जीले प्रहरी चौकी सिनाम ताप्लेजुङमा जानकारी गराएका थिए ।
घटनाको जानाकरी पाउनमसाथ प्रहरी टोली खटि गई कानूनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।