सीमामा सशस्त्रका थप ८९ वटा बीओपी स्थापना हुँदै
Sunday, June 28th, 2020, 9:03 pm
काठमान्डौ, असार १४। सरकारले सशस्त्र प्रहरीका ८९ वटा बोर्डर आउट पोष्ट बीओपी थप गर्ने भएको छ ।
भारत र चीनसँग सीमा जोडिएका नेपालकाविभिन्न ११४ वटा स्थानमा सशस्त्र प्रहरीका बीओपी स्थापना गर्ने योजना अनुरुप काम अगाडि बढिरहेको गृहमन्त्रालयले जनाएको छ।
हुम्लाको हिल्सा, संखुवासभाको किमाथांका, मुस्ताङको लोमानथाङ र दार्चुलाको छाङरुसहित सीमानाका २५ स्थानमा यसअघि नै बीओपी स्थापना भइसकेका छन् । थप ८९ वटा स्थानमा बीओपी राख्नका लागि सशस्त्र प्रहरीले कतिपय ठाउँमा जग्गाको टुंगो समेत लगाइसकेको छ ।
गएको वर्ष मंसीरमा सरकारले ११४ वटा बीओपी थप्ने निर्णय गर्नुअघि सशस्त्र प्रहरीले एक सय ७ स्थानमा बीओपी राखिसकेको थियो ।
गृहमन्त्रालयको प्रस्ताव अनुसार सीमामा साढे ३ किलोमिटरको फरकमा सशस्त्र प्रहरीको उपस्थिति रहने जनाइएको छ ।