काठमाडौं, असार १४ । सञ्चारकर्मी तथा रचनाकार मनोज केसी ‘समय’को शब्द रहेको ‘कहिले बन्छ देश’ बोलको गीत सार्वजनिक भएको छ । संगीतकार राजेश वर्देवा नामक युटुब च्यानलमार्फत सो गीत शुक्रबार सार्वजनिक भएको हो ।
उक्त गीतमा चर्चित रियालिटी सो लोक स्टारअन्तर्गत टप ४ मा पर्न सफल गायक रामकुमार नेपालीको स्वर रहेको छ । राजेश बर्देवाको संगीतमा बनेको उक्त गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् ।
उक्त गीतको भिडियोमा रामकुमार नेपाली र श्रेया गौतम फिचर्ड छन् । डीआर सुजनको निर्देशनमा बनेको सो भिडियोलाई रक कुशलली छांयाकन गरेका छन् ।