भोजपुरमा आगलागी, तीन वर्षीया बालिका जलेर घाइते
Sunday, June 28th, 2020, 8:24 pm
भोजपुर, असार १४ । भोजपुरमा आगलागी हुँदा तीन वर्षीया बालिका जलेर घाइते भएकी छन् । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीका कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ भने आगलागीमा परी बालिका घाइते भएकी छन् ।
आइतबार दिउँसो साढे १ बजेको समयमा कार्कीको घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छानो भएको कच्ची घर र घर भित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सम्पूर्ण समान जलेर नष्ट हुँदा करिव १५ लाख बराबरको क्षति भएको हो ।
सो आगलागीमा परी कार्कीको ३ वर्षीया नातिनि बिष्णु माया कार्की घाईते भएकी छन् । घाईतेलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो पौने ३ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।