मन्त्रालयमा आएदेखि भूमि समस्याबाहेकका विषयमा छलफल गर्न पाइएन: भूमि व्यवस्था मन्त्री अर्याल
Sunday, June 28th, 2020, 4:49 pm
काठमाडौं, असार १४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयमा आएदेखि भूमि समस्या बाहेकका विषयमा छलफल गर्न नपाएको गुनासो गरेकी छन् ।
संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा भूमिको समस्याबाहेकका विषयमा एकदिन पनि छलफल गर्न नपाएको गुनासो मन्त्री अर्यालले गरिन् ।
उनले भूमिको सन्दर्भमा अहिले सम्म धेरै नै बिगारिएको र बेथिति ल्याइएको भन्दै त्यसलाई सुधार्न आफु लागिपरेको बताइन् । उनले भनिन्, ‘सरकारी सार्वजनिक जग्गाको हाल त्यस्तै छ । मालपोत नापि सित जोडिएका कुराहरु त्यस्तै छ । म त एकदम समस्यै समस्याको चाङमा बेथितिको भुमरोमा कति सुधार्न सकिन्छ सुधार्ने कोसिसमा छु । समस्या बाहेक कहिल्यै छलफल गर्नै पाइन । जतिखेरपनि समस्या बाहेक कुनै दिन हेर्ने हो भने आज त यसो गर्यौं नि भन्ने कुरै छैन । त्यस्ता खालका असजिलो नआउन । धेरै बिगारीसकेको, धेरै बेथिति आइसकेको ठाउँ रहेछ ।’