थप ४६३ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १२,७७२ पुग्यो
Sunday, June 28th, 2020, 4:32 pm
काठमान्डौ, असार १४। पछिल्लो २४ घण्टा यता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन्।
प्रवक्ता गौतमका अनुसाआर नेपालमा पछिल्लो २४ घन्टामा ४६३ जना थपिएका हुन। थपिने संक्रमित मध्ये १०५ जना महिला रहेका छन् भने ३५८ जना पुरुष रहेका छन्।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२,७७२ पुगेको छ। कुल संक्रमित संख्या मध्ये १४७४ जना महिला रहेका छन् भने ११,२५८ जना पुरुष रहेका छन्।