सुनको मूल्य अहिलेसम्मकै महंगो
Sunday, June 28th, 2020, 3:16 pm
काठमाडौं, असार १४ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आइतबार अप्रत्याशित रूपमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० कायम भएको छ । यसैगरी सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९० हजार ८६० निर्धारण गरिएको छ ।
महासंघका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा रु पाँचले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य रु ९४५ तोकिएको छ । लकडाउनयता जेठ २५ गते सुनको मूल्य प्रतितोला १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।