चट्याङको आवाजले युवकको ज्यान गयो
Sunday, June 28th, 2020, 3:14 pm
उदयपुर, असार १४ । चट्याङको आवाजले गर्दा बेहोस भएका एक युवकको मृत्यु भएको छ ।
चट्याङको आवाजले बेहोस भएका उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ खोरिया बस्तिका १८ वर्षीय दिपेश मगरको मृत्यु भएको हो ।
शनिबार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोस भएका मगरलाई उपचारको लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
अस्पतालमा उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।