इटहरीमा ४५ थान मोबाइल प्रहरीले बुझाइयो
Sunday, June 28th, 2020, 3:11 pm
इटहरी, असार १४ । इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न ब्राण्डका ४५ थान मोबायल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
आफ्ना मोबाइल विभिन्न स्थानहरूबाट हराएको तथा चोरी भएको भन्ने विभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिब दस लाख ३८ हजार एक सय) मूल्य बराबरका ४५ थान मोबाइलल सेट फेला पारी आजै सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।
ईलाका प्रहरी कार्यालय ईटहरीमा ऋम्च् शाखा स्थापना भएदेखि हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ५५ लाख ८६ हजार पाँचसय बीस) रुपैयाँ बराबरको २३१ थान मोबाइल फेला पारी सम्बन्धीत धनीलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।