सलहको जोखिम अध्ययन गर्दै प्रदेश १ सरकार
Sunday, June 28th, 2020, 12:38 pm
विराटनगर, १४ असार । सलहको सम्भावित जोखिम नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ ।
नेपालमा सलह किराको प्रवेश सुरु भएपछि प्रदेश सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी सुरु गरेको हो ।
शनिबार प्रदेश ५ का विभिन्न स्थानमा सलह किरा देखिएको थियो । प्रदेश १ मा भने यो किरा देखिएको छैन ।
तर, सम्भावित जोखिम नियन्त्रणका लागि गृहकार्य सुरु गरेको प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले बताउनुभयो ।