आज मदन भण्डारीको ६९ औं जन्मजयन्ती
Sunday, June 28th, 2020, 11:46 am
काठमान्डौ, असार १४ । जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन्।
‘जनताको बहुदलीय जनवाद’ (जबज) को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारीको २०५० जेठ ३ गते दासढुंगा भएको जीप दुर्घटनामा परी निधन भएको थियो।
भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो।