२४ घन्टामा १३६ जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या २८३४ पुग्यो
Saturday, June 27th, 2020, 4:30 pm
काठमान्डौ, असार १३। कोरोना भाइरसबाट २४ घण्टामा १३६ जना निको भएर घर फर्केका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार २४ घन्टामा निको भई घर फर्केका १३६ जना मध्ये १८ जना महिला रहेका छन् भने ११८ जना पुरुष रहेका छन्।
योसंगै नेपालमा कोरोना बाट मुक्त भई घर फर्कनेको संख्या हालसम्म २८३४ पुगेको छ जसमध्ये २७२ जना महिला रहेका छन् भने २५९२ जना पुरुष रहेका छन्।
हालसम्म नेपालमा ७७ ओटै जिल्लामा कोरोना संक्रमित भेट्टीएका छन्।