नेपालमा थप ५५४ मा कोरोना संक्रमण, संक्रमितको संख्या १२,३०९ पुग्यो
Saturday, June 27th, 2020, 4:31 pm
काठमाडौं,असार १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन्। पछिल्लो २४ घन्टामा भेट्टिएको संक्रमित मध्ये १२० जना महिला रहेका छन् भने ४३४ जना पुरुष रहेका छन।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १२३०९ पुगेको हो। कुल संक्रमित मध्ये १३६९ जना महिला रहेका छन् भने १०९४० जना पुरुष रहेका छन्।
हालसम्म नेपालमा ७७ ओटै जिल्लामा कोरोना संक्रमित भेट्टिएका छन्।