रुसमा कोरोना भाइरसबाट संक्रमितको संख्या घट्दै
Saturday, June 27th, 2020, 3:20 pm
काठमाडौं। रुसमा कोरोना भाइरसबाट संक्रमितको संख्या केहि हप्ता यताकै कम रहेको छ ।
केहि दिन देखि यता रुसमा कोरोना भाइरसका संक्रमितको संख्यामा निरन्तर कमि आइरहेको छ । केहि सता यता दैनिक ७ देखि ८ हजार संक्रमित बधिरहेको बेलामा आजको तथ्यांक अनुसार रुसमा ६ हजार ८ सय नयाँ संक्रमित थपिएको हो । यो संगै संक्रमितको संख्या बढेर साढे ६ लाख २० हजार ७ सय ९४ पुगेको हो ।
संक्रमितको संख्या अलिकति कम भएको बेलामा मर्नेको संख्या भने केहि बढेको छ । मृत्यु हुनेहरूको संख्या केहि दिन यताकै धेरै रहेको छ । आज १ सय ७६ जनाको मृत्यु भएसंगै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ हजार ७ सय ८१ पुगेको हो । साथै रुसमा निको हुनेको संख्या, सक्रिय संक्रमितको संख्याको तुलनामा धेरै रहेको छ ।
रुसमा ३ लाख ८४ हजार १ सय ५२ जना सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् । रुसमा २ लाख २७ हजार ८ सय ६१ जना सक्रिय संक्रमित उपचार गराइरहेका छन् । रुस अहिले कोरोना प्रभावितको सुचिमा अमेरिका र ब्राजिल पछि तेस्रो नम्बरमा छ ।