१२ महिने शिशुसहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण
Saturday, June 27th, 2020, 11:43 am
काठमान्डौ, असार १३। शनिबार बिहान गण्डकी प्रदेशमा थप ३२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
कोरोना पुष्टि हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १२ महिने शिशुसहित १३ जना पुरुष छन् भने ६ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
स्याङ्जाकै विरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाका १,१ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।