मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी
Saturday, May 14th, 2022, 11:27 am
काठमाडौं । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घलेले ८सय ६१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार छिरिङ ओङमा गुरुङले ७ सय १३ मत प्राप्त गर्नु भयो ।
उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याएर विजयी हुनुभएको छ ।