अस्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त रुपमा महिला विश्वकप फुटबल २०२३ को आयोजना
Saturday, June 27th, 2020, 11:27 am
एजेन्सी, १३ असार । अस्ट्रेलिया र न्युजिल्याण्डले सन् २०२३ मा हुने महिला फुटबल विश्व कपको संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।
यसबारे विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले जानकारी दिएको हो ।
यो प्रतियोगिता सन् २०२३ जुलाई १० देखि अगस्ट २० तारिखसम्म आयोजना हुने तय भएको छ ।
जापान हटेपछि अस्ट्रेलिया र न्युजिल्याण्ड संयुक्त आयोजकको रुपमा सबैभन्दा अघि पुगेका थिए र संयुक्त दाबेदारीको बाटो पनि पक्का भएको हो ।
अस्ट्रेलिया र न्युजिल्याण्डको दाबेदारीले सम्भावित ५ मा ४ दशमलव १ अङ्क पाएको थियो ।